साउन ११ गते कार्यकारिणी समितिका सदस्यसहित आउन जसपाको दुबै पक्षलाई आयोगको आदेश

निर्वाचन आयोगले जसपाका दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ। कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगले इजलासले आदेश दिएको हो । पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित ११ गते आयोगमा उपस्थित हुन सूचित गरेको हो ।तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । तर महन्थ ठाकुरल

सम्बन्धित सामग्री

गठबन्धनमा जसपाको अवस्था ‘माझीदाइ’ जस्तो रह्यो:बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपाको अवस्था‘माझीदाइ’जस्तो रहेको टिप्पणी गरेका छन्।सामाजिक संजालमा लेख्दै भट्टराईले गठबन्धनबाट माओवादीले फाइदा लिएको र गोरखाको गोरखा नपा र गण्डकी गापा पनि माओवादीले जसपाको सहयोगमा जितेको बताएका छन्।उनले लेखेका छन्,देशैभर जसपाको अवस्था चाहिँ ‘माझीदाइ’को जस्तो रहेको हो –अरूलाई नदी तार्ने तर आफू चाहिँ वरै बस्ने !’

कांग्रेस–जसपाको गठबन्धनमा पहिलो गाँसमै ढुंगा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जसपाको गठबन्धन भत्किएको छ। नेपाली कांग्रेस र जसपाको प्रत्यक्ष गठबन्धन भएर मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राईले जितेको नेपालगञ्जको कार्यपालिका निर्वाचनमा भने गठबन्धन भत्किएको हो । कार्यपालिकाका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र राप्रपासँग गठबन्धन गरेको छ । यी तीन पार्टीका नेतृत्वका बीचमा […]

कपिलवस्तु नगरपालिका जसपाको पोल्टामा

जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ। सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिका नगरमा मेर र उप मेयर दुबै जसपाको पक्षमा गएको हो। प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन्।...

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, […]

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुङ्ग्याउँदै

काठमाडौँ, ११ साउन: सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर […]

जसपाको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन १० । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि साउन १५ गतेका लागि पेशी तोकेको हो । जसपाको आधिकारिकताका लागि […]

महन्थले नबस्ने भनेको जसपाको कार्यकारिणी समिति बैठक जारी

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको स्पष्ट बहुमत छ।

जेठ ८ र ९ गतेलाई बोलाइएको जसपाको बैठक स्थगित

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन्।