वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए।…