नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल सुरु हुने भएको छ । अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेश गरेसँगै सो प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको हो । विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्