राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।  बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर...

सम्बन्धित सामग्री

संसद्को हिउँदे अधिवेशन सुरु

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सोमबार ४ बजेबाट सुरु भएको हो ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।

जम्मा चार दिन चलेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम हिउँदे अधिवेशन अन्त्य भएको हो।

शुक्रबार विशेष - प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।हेर्नुहोस् शुक्रबारका मुख्य खबर :राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुआफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्रीअहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

काठमाण्डाै – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन केही बेरअघि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले याे अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुक्रबारका लागि आह्वान गर्नुभएको थियो । बैठकको आरम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी ...

आजदेखि राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधि सभा विघटनको मुद्दा चर्को रुपमा उठ्ने

काठमाडौं । आज (पुस १७) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्तारुढ दलभित्रको खिचातानीका कारण प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक बस्न लागेको हो । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज (शुक्रबार) देखि राष्ट्रियसभाको अधिवेशन सुरु हुन लागेको हो । दिउँसो ४ बजेबाट अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि सांसदबीच दूरी कायम गरेर अधिवेशन बस्ने छ । यसअघि सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ । दुई वर्ष कार्यकाल बाँकी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बस्न लागेको राष्ट्रिय सभाको बैठकलाई चासोको रुपमा हेरिएको छ । प्रतिनिधिसभा विघटनाको विषयलाई राष्ट्रियसभामा उठाउने तयारी सत्तापक्ष र विपक्षी दलका सांसदले गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभाको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । सार्वजनिक सम्भावित कार्यसूची अनुसार अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । त्यसैगरी मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराउने कार्यसूची छ । त्यसैगरी बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी भएका सातवटा अध्यादेश पनि पेस हुनेछन् । यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए ।

आजबाट राष्ट्रिय सभा बैठक : नेकपा विभाजनको असर कस्तो पर्ला ?

प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सडकमा आन्दोलन चर्किरहेका बेला शुक्रबारबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ ।  अधिवेशनको सुरुवातमै प्रतिनिधिसभा विघटनको विषय सभामा उठाउने तयारी विपक्षी सांसदहरूको छ । प्रतिनिधिसभा विघटनकै कारण सत्तारूढ दल नेकपा विभाजित भएको छ । त्यसैले नेकपाको दाहाल–नेपाल समूहसमेत प्रतिपक्षी कित्तामा उभिने तयारीमा छ । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनलाई गैरसंवैधानिक भन्दै सडक संघर्षमा उत्रेको छ । ओली समूहले दाहाल&ndash...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन १७ गतेदेखि

११ पुस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ …