काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को गतिरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।