एजेन्सी।दक्षिण एसियाली मुलकहरुमध्ये भारतमा भन्दा बढी पाकिस्तानसँग बढी आणविक हतियार रहेको तथ्यांक बाहिर आएको छ।परमाणु हतियारमाथि निगरानी राख्ने संस्था सिप्रीका अनुसार भारतभन्दा यो क्षेत्रमा उसका प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन्। चीनसँग ३५० परमाणु हतियार छन् भने पाकिस्तानसँग १६५ र भारतसँग १५६ परमाणु हतियार छन्। चीनले गत एक वर्षमा मात्रै ३० वटा परमाणु हतियार बनाएको छ।