उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपू