यो साता नेप्से परिसूचक ५% भन्दा बढीले घट्यो : कुल बजार पूँजीकरणमा करीब २ खर्बको कमी

मंसिर १८, काठमाडौं । यो साता नेप्से परिसूचक ५ दशमलव ३३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ७३१ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ५८६ दशमलव १९ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा बजार एक कारोबार दिन मात्र बढेको छ ।  पहिलो कारोबार दिन ८० दशमलव २९ अंक घटेको बजार दोस्रो दिन २१ दशमलव ४८ अंक र तेस्रो दिन १ दशमलव ६४ अंक घटेको हो । चौथो दिन ५ दशमलव २८ अंकले बढेको बजार अन्तिम पाँचौ दिन भने ४७ दशमलव ४७ अंकले घटेको हो ।  गत साता शुक्रवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै मार्जिन कर्जाको सीमाका सम्बन्धमा पुरानै व्यवस्था कायम गरेको थियो । लगानीकर्ताहरुले मार्जिन कर्जाको रू. ४ देखि रू. १२ करोडको सीमा खारेज गर्नुपर्ने माग गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले साना लगानीकर्ताहरुलाई राहत स्वरुप मार्जिन कर्जाको सीमा तोकेको थियो । जसका कारण बजार प्रभावित बन्दै आएको छ । सूचीकृत कम्पनीहरुले प्रस्ताव गरेका आकर्षक लाभांशको बावजुत पनि बजारले गति लिन नसक्नुमा लगानीकर्ताहरु अन्योलको अवस्थामा रहेको बुझ्न सकिन्छ । बजार सञ्चालक र नियामक निकाय लामो समयदेखि प्रमुख बिहीन बन्दा नयाँ नीतिगत व्यवस्थाहरु नआउनुले पनि मनोबल बढ्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।  नेप्से परिसूचक २ हजार ६०० विन्दु तल झर्दा दोस्रो बजारको कुल बजार पूँजीकरण पनि रू. ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाखमा खुम्चिएको छ । गत सातासम्म कुल बजार पूँजीकरण रू. ३८ खर्ब ३४ अर्ब ४८ लाख रहेको थियो । गत साताभन्दा यो साता कुल बजारपूँजीकरण रू. १ खर्ब ९८ अर्ब २४ करोडले घटेको छ । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साता ५१५ दशमलव ६५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८७ दशमलव २८ विन्दुमा झरेको हो । यो साता शेयर कारोबार कित्ता बढेपनि कारोबार रकम भने घटेको छ । गत साता रू. २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार बराबरको ३ करोड ७८ लाख ४० हजार १४६ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको ३ करोड ९८ लाख १९ हजार ४१९ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. १ अर्ब ३७ करोड ८ लाख ३ हजारले कम भएपनि कारोबार कित्ता भने १९ लाख ७९ हजार २७३ बढी भएको हो । यो साताको बजारका सूचकहरुको अवस्था :                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता गत साताको तुलनामा समूहगत सबै परिसूचकहरु घटेका छन् । यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक ९ दशमलव शून्य ८ प्रतिशत घटेको छ । त्यस्तै, होटल्स तथा पर्यटनको ८ दशमलव ९५ प्रतिशत, व्यापारिकको ७ दशमलव १५ प्रतिशत, जीवन बीमाको ६ दशमलव ५३ प्रतिशत, वित्तको ६ दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ६ दशमलव ३१ प्रतिशत, लगानीको ६ दशमलव २७ प्रतिशत, अन्यको ५ दशमलव ९९ प्रतिशत, जलविद्युतको ५ दशमलव ७३ प्रतिशत, लघुवित्तको ५ दशमलव ३१ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव १३ प्रतिशत, बैंकिङको ३ दशमलव ७८ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव ५१ प्रतिशत परिसूचक घटेको हो ।

सम्बन्धित सामग्री

यो साता हाइड्रोपावरमा ‘स्टप लस’ चल्दा उच्च गिरावट, २ कम्पनीले उचाले उत्पादन समूह

११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ । यो […]

साताको सेयर समीक्षा : नेप्सेभन्दा उच्च दरले बढे ६ समूह

६ पुस, काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो । यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, […]

साताभरमा २६ अंकले घट्यो नेप्से

गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।...

बजार घटे पनि लगानी बढाउँदै लगानीकर्ता

अघिल्लो साता पाँच दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ५५ अंकले घटेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से परिसूचक दुई हजार एक सय...

सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...

एक सातामा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

पछिल्लो एक साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ ।यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ […]

यो साता नेप्से परिसूचक ७४ अंकले बढ्यो

काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो । साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंकले बढेको थियो भने सोमबार २०‍.६४ अंकले थप […]

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार   गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...