यो साता नेप्से परिसूचक ९६.७६ अंकमाथि उक्लियो, कुल बजार पूँजीकरण १ खर्ब ३६ अर्बले बढ्यो

माघ २२, काठमाडौं । यो साता नेप्से परिसूचक ९६ दशमलव ७६ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । आगामी जेठ भित्रै स्थानिय तहको निर्वाचन गर्ने सत्तारुढ दल सहमत भएको सुचना आएसँगै साताको पहिलो दिन नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेको थियो । दोस्रो दिन १३ दशमलव ४८ अंकले घटेको नेप्से परिसूचक तेस्रो दिन १९ दशमलव २९ अंकले बढेको थियो । चौथो दिन सार्वजनिक विदाका कारण बन्द भएको बजार अन्तिम कारोबार दिन १४ दशमलव ६० अंकले घटेर बन्द भएको हो । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २० दशमलव ९३ अंकले बढेर ५३९ दशमलव ६५ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ५१८ दशमलव ७२ विन्दुमा थियो । यो साता चार कारोबार दिनमात्र बजार सञ्चालन भएकाले कारोबार रकम र कित्तामा भने कमि आएको छ । गत साता पाँच कारोबार दिनमा रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार बराबरको ५ करोड २ लाख ९ हजार ४१९ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता रू. २ अर्ब ३० करोड ५७ लाख ९३ हजार बराबरको ७३ लाख ७७ हजार २७३ कित्ता कम शेयर कारोबार भएको हो । नेप्से परिसूचक उकालो लागेको यो साता कुल बजार पूँजीकरण रू. १ खर्ब ३६ अर्ब ७३ करोड ८४ लाखले वृद्धि भएको छ । गत साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पू्ँजीकरण यो साता रू. ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख पुगेको हो । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा दिर्घकालिन लगानीकर्ताभन्दा अल्पकालिन लगानीकर्ताहरु कारोबारमा सक्रिय हुँदा बजारमा उतारचढाब देखिएको ब्रोकरहरुको भनाइ छ । बजार उच्च विन्दुबाट घटेर पुनः उकालो लागेको अवस्थामा आगामी चुनावी माहोलका विच बजारले ऐतिहासिक रेकर्ड कायम गर्ने विश्वासमा कारोबार रकम बढ्दै गएको जानकारी समेत ब्रोकरहरुले दिएका छन् । साथै गत भदौदेखि रिक्त रहेको धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्ती प्रक्रियाले पनि पूर्णता पाएको छ । नेप्सेको सीईओमा आगामी चार वर्षे कार्यकालका लागि पाल्पाका कृष्णबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय माघ १७ गतेको मन्त्रिपरिषदको बैठकले गरिसकेको छ । कार्कीले धितोपत्र कारोबारको अनलाईन प्रणालीलाई व्यवस्थित बनाउँदै भित्रि कारोबारलाई रोक्ने प्रमुख योजनाका साथ जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बजारको नयाँ नेतृत्वले भावी दिनमा गर्ने कार्यलाई पनि आगामी साता लगानीकर्ताहरुले सकारात्मक रुपमा हेर्ने विश्वास सरोकारवालाहरुको रहेको छ । यो साता जलविद्युत् र लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाए  यो साता जलविद्युत् र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता सबै समूहगत परिसूचकहरु बढेपनि जलविद्युत् समूहको सर्वाधिक ८ दशमलव ८ दशमलव ४९ प्रतिशत र दोस्रोमा लगानी समूहको ८ दशमलव १५ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै अन्य समूहको ५ दशमलव ४६ प्रतिशत, विकास बैंकको ४ दशमलव ८५ प्रतिशत, वित्त समूहको ४ दशमलव ६८ प्रतिशत, लघुवित्तको ३ दशमलव ७२ प्रतिशत, व्यापारिकको ३ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ७८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फण्डको १ दशमलव ९० प्रतिशत, बैंकिङ्गको १ दशमलव ४७ प्रतिशत , जीवन बीमा समूहको शूून्य दशमलव ८६ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४७ प्रतिशतले परिसूचक बढेको छ ।

सम्बन्धित सामग्री

यो साता हाइड्रोपावरमा ‘स्टप लस’ चल्दा उच्च गिरावट, २ कम्पनीले उचाले उत्पादन समूह

११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ । यो […]

साताको सेयर समीक्षा : नेप्सेभन्दा उच्च दरले बढे ६ समूह

६ पुस, काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो । यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, […]

साताभरमा २६ अंकले घट्यो नेप्से

गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।...

बजार घटे पनि लगानी बढाउँदै लगानीकर्ता

अघिल्लो साता पाँच दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ५५ अंकले घटेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से परिसूचक दुई हजार एक सय...

सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...

एक सातामा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

पछिल्लो एक साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ ।यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ […]

यो साता नेप्से परिसूचक ७४ अंकले बढ्यो

काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो । साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंकले बढेको थियो भने सोमबार २०‍.६४ अंकले थप […]

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार   गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...