काठमाडौँ । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् । विगतमा दुई तिहाइको सरकार समेत असफल भएको उदाहरण दिँदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई लिङदेनले सुझाए । उनले प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि देउवालाई भने ।