२८ जेठ, काठमाडौं । १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास फेरेकी छन् । तर, १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्ने पैसा छैन …