काठमाण्डाै – सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् ।
पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थ...