काठमाडौं – मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् […]