सस्तोमा डलर साट्दै हुनुहुन्छ? लुटिनु होला है! :: Pahilopost.com

काठमाडौँः डलरको लोभ देखाएर ठगी तथा लुटपाट गर्ने समूह सक्रिय भएको भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम राज सुवेदीले डलरको कारोबार गर्दा सचेत र वैध रुपमा गर्न आग्रह गरेका छन्। परिसरको टोलीले आइतबार मात्र डलर भन्दै ठगी तथा लुटपाट गर्ने दुई जनालाई

सम्बन्धित सामग्री

सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् ।

रुसबाट सस्तोमा तेल पाए पनि सुख छैन पाकिस्तानलाई, सामना गर्नुपर्छ यी चुनौती

काठमाडौं । पाकिस्तानले यो महीनादेखि रुसबाट सस्तोमा कच्चा तेल पाउने आशा गरिएको छ । रुसबाट पाकिस्तानले अपेक्षाअनुरूप कच्चा तेल ल्याउन सके अहिले नगदको चरम अभाव निकै हदसम्म मत्थर हुने छ । पाकिस्तानले रुसी तेलका लागि किन्न गत अप्रिलमा अर्डर दिएको थियो । आयातित तेल शुरुमा सरकारी स्वामित्वको पाकिस्तान रिफाइनरीले प्रशोधन गर्नेछ । पाकिस्तानको अपेक्षाअनुरूप रुसबाट सहजरूपमा तेल आयात भएको अवस्थामा पछि तेल आयात बढाउने उसको याेजना छ । अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार उसले रुसबाट दैनिक १ लाख ब्यारेलसम्म तेल आयात गर्नेछ । तेल कतिमा किन्न लागिएको भनेर सरकारले केही नबताएको भए पनि पाकिस्तानले प्रतिब्यारेल ५० डलरमा किन्न खोजिरहेको बुझिएको छ । अहिले पाकिस्तानले साउदी अरबसँग साउदी बेञ्चमार्क अरब लाइट आयल किनिरहेको छ । साउदीले यो बेञ्चमार्क ब्यारेलकै ८४ डलर ७५ सेन्टमा बेचिरहेको छ ।  पाकिस्तानले उसले सोचेकै मूल्यमा रुससँग तेल पाउनेमा भने विज्ञहरूले शंका गरिरहेका छन् । तर, सस्तो मूल्यमा तेल पाए उसलाई निकै ठूलो राहत हुनेछ । आर्थिक वर्ष २०२२ मा सबै खाले पेट्रोलियम प्रडक्टका लागि पाकिस्तानले १८ अर्ब ७४ करोड डलर तिरेको स्टेट बैंक अफ पाकिस्तान (SBP) को तथ्यांकले देखाएको छ ।  रुसले पाकिस्तानले आशा गरेजस्तै सस्तोमा तेल दिए पनि ऊसामु अनेक समस्या आउने विश्लेषण गरिएको छ । पहिलो जोखिम अमेरिकाले तोकेको मूल्यभन्दा बढीमा रुसी तेल किन्यो भने उसले अमेरिकाको विरोध खेप्नु पर्नेछ । अमेरिका र यूरोपेली देशहरूले रुसी कच्चा तेलको मूल्य ६० डलरमा बिर्को लगाइदिएका छन् ।  दोस्रो चुनौती प्रशोधनको हुनेछ । पाकिस्तानको प्रशोधन (Refining) क्षमता सीमित छ । तेल प्रशोधन गर्न ब्यारेलकै २ देखि ५ डलर खर्च लाग्नेछ । रुसी कच्चा तेलबाट डिजेलभन्दा धेरै फर्नेस आयल निस्कन्छ । पाकिस्तानको डिजेल खपत कूल इन्धनको ३९ प्रतिशत छ भने फर्नेस आयल खपत १५ प्रतिशत मात्रै छ । यसको अर्थ पाकिस्तानलाई चाहिनेभन्दा धेरै फर्नेस आयल निस्कनेछ ।  पाकिस्तानले उब्रिएको फर्नेस तेल (Furnace Oil) बजारमा चलेको मूल्यभन्दा सस्तोमा बेचेर अतिरिक्त आम्दानी गर्न सक्छ । यसले प्रशोधनको खर्चको केही भए पनि भर्पाई हुन सक्छ । अर्को चुनौती रुसले रुसी रुबल, चिनियाँ रन्मिन्पी वा संयुक्त अरब इमिरेट्सको दिराममा भुक्तानी मागिरहेको छ । पाकिस्तानसँग यी तीनओटै मुद्रा अहिले छैन । भुक्तानीको माध्यमबारे रुस र पाकिस्तानबीच खासै सहमति भएको छैन ।  बंगलादेशले भने हालै रुसलाई रन्मिन्पीमा भुक्तानी गर्ने निर्णय गरेको थियो । उसले केही भए पनि रन्मिन्पी थुपारेर राखेको थियो । तर, पाकिस्तानसँग केही नै छैन । रुसले ऋण वा उधारोमा तेल देला भन्ने आश पाकिस्तानको भएको बुझिएको छ । तर, रुसले के गर्छ भन्ने निर्क्याैल भइसकेको छैन ।  अहिले पाकिस्तानलाई थप आर्थिक सहायता, कर्जा चाहिएको छ । यस्तोमा ऊ पश्चिमी देशहरूलाई चिढाउने अवस्थामा छैन । अहिलेको तेल आयात परीक्षण मात्रै हो । यसले काम गर्छ भन्नेमा सरकारलाई पनि पूरै यकिन छैन । रुससँगको व्यवस्था अति नै जटिल बन्यो भने उसले तेल खरिदको योजना त्याग्न पनि सक्छ । एजेन्सी

राष्ट्र बैंकले तोकेभन्दा सस्तोमा डलर बेच्दै वाणिज्य बैंकहरू, कुन बैंकमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) बुधवार डलरको (Dollar) विनिमय दर (Exchange Rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ११ पैसा र विक्री दर १३१ रुपैयाँ ७१ पैसा छ । मंगलवार बैंकले १ अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ८८ पैसा र विक्री दर १३१ रुपैयाँ ४८ पैसा तोकेको थियो ।  आज २१ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यसैगरी एनएमबि बैंकमा डलरको खरीद दर अन्य बैंकभन्दा कम र नेपाल एसबिआई बैंक र स्ट्यार्ण्डर्ड चार्टर्ड बैंकमा विक्री दर अन्य बैंकभन्दा कम छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. ००   १३१.६० २ सनराइज बैंक लिमिटेड  १३१. ००   १३१.६० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ००   १३१.६० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ०५   १३१.६५ ५ प्रभु बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ७ एनएमबि बैंक  १३०. ३९   १३१.६५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ९ ग्लोबल आइएमई बैंक  १३१. ००   १३१.६० १० सानिमा बैंक लिमिटेड  १३१. ००   १३१.६० ११ नेपाल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १३ हिमालयन बैंक लिमिटेड  १३१. ००   १३१.६० १४ कृषि विकास बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ९५   १३१.५५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ९५   १३१.५५ १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १८ नबिल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ००   १३१.६० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. ००   १३१.६० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ००   १३१.६०

डलर साटने बहानामा लुटपाट गर्ने चारजना पक्राउ, १७ सय बढी डलर बरामद

हेटौंडा । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको आरोपमा हेटौँडामा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । विभिन्न जिल्लाका मानिसहरुलाई मोबाइलबाट सम्पर्क गरेर आफूसँग अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटने ४ जनालाई पक्राउ गरि बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे […]

‘सस्तो डलर’ को प्रलोभनमा ठगी धन्दा !

काठमाडौं, भदौ ८ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार एउटा सूचना आयो। सूचनामा आफूलाई ‘सस्तोमा अमेरिकी डलर दिने भन्दै केही व्यक्तिहरूले ठगी गर्नका लागि बोलाइरहेको’ भनेर भनिएको थियो। ती सूचनादातालाई ठगी गर्ने व्यक्तिले आफूसँग १५ लाख बराबरको अमेरिकी डलर रहेको र जसलाई ७ लाखमा दिने भनेर प्रलोभनमा पार्न खोजेको थिए। ‘तर, ती […]

प्रहरीले नै ठगको डलर लुकाएपछि…

डलर खड्काको डेराबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले असई खड्कासहित अरु दुई जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

बुद्ध एयरले घटायो डलर हवाई भाडादर

काठमाडौं (अस) । निजी क्षेत्रको वायुसेवाप्रदायक कम्पनी बुद्ध एयरले सन् २०२० जनवरीदेखि लागू हुने गरी डलर हवाई भाडादर घटाएको छ । विदेशी पर्यटक तथा यात्रुका लागि कम्पनीले झन्डै आधा प्रतिशतले भाडा घटाएको जानकारी दिएको छ । नेपालमा पर्यटकका लागि भिसा खुला गरिएसँगै पर्यटक आगमन सहज हुने र विदेशी पर्यटकलाई सस्तोमा सेवा दिने उद्देश्यले कम्पनीले डलरको भाडादर समायोजन गरेको हो । कम्पनीले पर्यटकीय गन्तव्य पोखरा, जनकपुर, भैरहवालगायत गन्तव्यको भाडादर घटाएको छ । कम्पनीका अनुसार पोखराका लागि १०६ डलर तोकिएकोमा जनवरी २०२२ देखि लागू हुने गरि ६५ डलरमा झारिएको छ । यस्तै, अन्य गन्तव्यमा पनि भाडादर समायोजन गरिएको छ । महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाई भाडाले थप आकर्षित गर्ने कम्पनीका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले दाबी गरे । पछिल्लो समय अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशी बताउँछन् । कम्पनीका अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६, काठमाडौं–जनकपुर ४२, काठमाडौं–सिमरा ३०, काठमाडौं–भैरहवा ६५, काठमाडौं–धनगढी १३८, काठमाडौं–नेपालगञ्ज १०२ र काठमाडौं–भद्रपुरका लागि ९४ डलर भाडादर तोकिएको छ । यो भाडादर भने एकतर्फी हो । पर्यटकीय सिजन सुरु भएसँगै सरकारले अनअराइभल भिसा खुला गरेको र पर्यटक आगामी २०२२ मा बढ्ने सम्भावनाको प्रक्षेपण भएका बेला निजी क्षेत्रको उक्त कम्पनीले डलर भाडादर समायोजन गरेको छ ।