काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् । काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको […]