बेमौसमी वर्षाले दैनिक आधा करोड युनिट विद्युत् उत्पादन बढ्यो, यो वर्षलाई ऊर्जा संकट टर्‍यो !

वैशाख २६, काठमाडौं । ऊर्जा संकटको मुखैमा पुगिसकेको नेपाललाई बेमौसमी वर्षाले संकटबाट बाहिर ल्याएको छ । आन्तरिक उत्पादन घटेर २ करोड युनिटभन्दा तल आइसकेको अवस्थामा भारतबाट पनि पर्याप्त बिजुली किन्न नपाएपछि औद्योगिक क्षेत्रमा त लोडसेडिङ नै शुरु भइसकेको थियो । उद्योगीहरूले विद्युत् आपूर्ति नियमित नभए चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरिसकेको अवस्थामा नेपालमा अकस्मात शुरु भएको वर्षाले विद्युतको माग घटाउनुका साथै उत्पादन ‍पनि बढाएपछि तत्काललाई संकट टरेको हो । सुख्खा याममा नेपालको विद्युत् उत्पादन घट्दा भारतबाट आयातित विद्युतले नेपालको माग धान्दै आएकोमा यो वर्ष भने भारतमै ठूलो ऊर्जा संकट देखिएपछि नेपालले चाहिएजति विद्युत् किन्न सकेको थिएन । भारतबाट विद्युत् नआउँदा औद्योगिक क्षेत्रको आपूर्ति कटौति गर्न शुरु गरिसकेको अवस्थामा नेपालमा एकाएक वर्षा शुरु भएको हो । वर्षा हुनु अघिसम्म नेपालको आन्तरिक उत्पादन १ करोड ९८ लाख २ हजार युनिट मात्रै रहेको थियो । जबकी विद्युत माग भने ३ करोड ३२ लाख २० हजार युनिट रहेको थियो । अपुग १ करोड ३४ लाख १८ हजार युनिट विद्युत् मध्ये भारतबाट ८८ लाख ६९ हजार युनिट विद्युत् आयात भइरहेको थियो । बाँकी ४५ लाख ५० हजार युनिट विद्युत् अपुग भएपछि औद्योगिक क्षेत्रमा आपूर्ति रोकिएको थियो । तर गत हप्ता शनिवारदेखि यो हप्ता आइतवारसम्म नियमित जसो वर्षा भइरहेपछि यो बीचमा आन्तरिक उत्पादन नै झन्डै आधा करोड युनिट बढेको छ । यसले गर्दा औद्योगिक क्षेत्रमा पनि नियमित विद्युत् आपूर्ति सम्भव भएको हो । आइतवार ३ करोड २० लाख ७६ हजार युनिट विद्युत् माग रहेकोमा भारतबाट ७३ लाख ९३ हजार युनिट आयात गरिएको छ । बाँकी आन्तरिक उत्पादनबाटै आपूर्ति गरिएको विद्युत् प्राधिकरणको तथ्याङ्क छ । अहिले विद्युत् प्राधिकरणका आयोजनाबाट करीब ६ लाख युनिट विद्युत उत्पादन बढ्दा प्राधिकरणकै सहायक कम्पनीका आयोजनाबाट १३ लाख युनिट र निजी क्षेत्रका आयोजनाबाट सर्वाधिक २५ लाख युनिट विद्युत उत्पादन बढेको प्राधिकरणको तथ्याङ्क छ । आइतवारको तथ्याङकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख ८ हजार युनिट, सहायक कम्पनीबाट ५२ लाख २४ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट १ करोड ५१ लाख युनिट विद्युत उत्पादन भएको छ । जबकी यस अघिको शुक्रवारको तथ्याङ्कमा प्राधिकरणका आयोजनाबाट ८३ लाख १८ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख १९ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट ७५ लाख ६५ हजार युनिट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । मौसम विज्ञान विभागले आगामी शुक्रवारसम्म देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान गरेको छ । शुक्रवार सम्मै पानी परेको खण्डमा त्यसले त्यसपछिको २/३ दिनसम्म नै विद्युत् उत्पादन बढ्न सक्ने  अनुमान छ । त्यसपछि भने हिउँ पग्लिएका कारण नै विद्युत् उत्पादन स्वतह बढ्ने प्राधिकरणको भनाइ छ । जेठ दोस्रो सातादेखि वर्षे सिजन नै शुरु हुने हुँदा यो वर्षको ऊर्जा संकट लगभग समाधान भएको निस्कर्षमा प्राधिकरणका अधिकारीहरू पुगेका छन् । वर्षा याममा भने नेपालको आन्तरिक विद्युत् उत्पादन सबै खपत नभएर खेर जाने अवस्था आउने गरेको छ । प्राधिकरणले वर्षामा खेर जाने विद्युत् भारतमा बेच्नको लागि टेन्डर आह्वान गरिसकेको छ । 

सम्बन्धित सामग्री

धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

धानको उत्पादन बढ्यो

काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ […]

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

काठमाडौँ,४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख […]

किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो

सिन्धुली । जुद्ध बहादुर राई सिद्धकाली जुनार फर्मका सञ्चालक हुन । उनको जुनार फर्ममा पाँच सय बढी जुनारका बोट छन । लटरम्म पहेंलै पाकेका जुनारका बोटले लच्केर भुईं छोएका छन । हेर्दै बसिरहुँ लाग्ने जुनार बगैंचामा पुग्दा राई खुशीले रमाईरहेका थिए । कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष जुनार उत्पादन बढेको थियो । विगत वर्षमा […] The post किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,२५ कार्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,७ भदौ । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली […]

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

काठमाडौँ,१६ साउन । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले […]

मध्यमर्स्याङ्दीको उत्पादन बढ्यो

बेसीशहर । लमजुङको बेसीशहर–१, दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन बढेको छ । केही दिनयता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए । पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा अचेल ५८ देखि ६० मेगावाट पुगेको उनले बताए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दीको जडित क्षमता ७० मेगावाट हो । यसरी नै वृद्धि हुँदै गए वैशाखभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण शुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको हो । यो २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रासस

सुन्तला उत्पादन बढ्यो

धनकुटा-सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिए । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको अनुमान ज्ञान केन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र […]