यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार (संशोधित नामावलीसहित)

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । यसैगरी […]

सम्बन्धित सामग्री

देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् ,

कांग्रेस प्रवक्ता महतले गरे मतदान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन् । आइतबार विहान महतले नुवाकोट १ को पन्च्यकन्या गाउँपालिका राष्ट्रिय उच्च मावी मतदान केन्द्र मतदान गरेका हुन् ।नुवाकोट १ बाट कांग्रेसका समानुपातिक उम्मेदवार महतले समाजिक सञ्जालमार्फत मतदान गरेको जानकारी गराए ।

अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् । गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा विमलेन्द्र निधिसँग रोहित दाहालले गरेको कुराकानी : यस पटकको चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छोडेर समानुपातिकतर्फ तपाईं आउनुभयो, पार्टीले टिकट दिएन कि तपाईंको रहरै समानुपातिकमा भयो ?

एमालेकी समानुपातिक उम्मेदवार महतो प्रवेश गरिन् कांग्रेसमा

जनकपुरधाम : नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनी अखिल महिला संघकी सचिवालय सदस्यसमेत हुन्।महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा क्षेत्र ४ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराए।कांग्रेस प्रवेश गर्दै महतोले भनिन्‚ ‘मधेश पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् ।यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र  केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परि

शेखर समूहको आन्दोलनको चेतावनीपछि पछि हट्दै देउवा

नेपाली कांग्रेसका सभापति तथा पार्टी नेतृत्वले समानुपातिक उम्मेदवार चयनमा मनोमानी गरेको भन्दै आन्दोलनको घोषणा गरेको शेखर कोइरालाा समूहलाई मनाउन बैठक चलिरहेको छ । शेखर कोइराला पक्षलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप छ । ११० जनाको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश छ । कम्तिमा ३० देखि ४० …

कांग्रेसको समानुपातिक उम्मेदवार टुंग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

३ असोज, काठमाडौं । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु […]

समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्न मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्न चारवटा मापदण्ड तय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मापण्डमा कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई समानुपातिकतर्फ उम्मेदवार नबनाउने नीति लिएको छ । मापदण्डअनुसार स्थानीय तह […] The post समानुपातिक उम्मेदवार छान्न कांग्रेसका चार मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसका ४० नेतालाई समानुपातिक उम्मेदवार बन्न रोक

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिलामन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठसहित नेपाली कांग्रेसका ४० नेतालाई समानुपातिक उम्मेदवार बन्न रोक लगाइएको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रअनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको नाम सिफारिस गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई नदोहो-याउने व्यवस्था छ […]