फोनपेको नयाँ इतिहास, १ महिनामै १ खर्ब बढीको कारोबार

फोनपेले डिजिटल भुक्तानीको कारोबारमा नयाँ इतिहासमा रचेको छ । फोनपेले १ महिनामै १ खर्ब बढीको कारोबार गर्दै नयाँ इतिहास बनाउन सफल भएको हो ।  पुस महिनामा फोनपे नेटवर्कबाट १ खर्ब बढी कारोबार भएको कम्पनीले जनाएको छ । फोनपे नेपालको लोकप्रिय भुक्तानी सेवा सञ्चालक हो ।  फोनपेमा हाल १ करोड ८० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५८ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने १० लाख बढी...

सम्बन्धित सामग्री

फोनपेको एकाधिकारले विद्युतीय भुक्तानी प्रणाली नै जोखिममा

बुधबार दिनभर फोनपेको सेवा अवरुद्ध भयो, जनताले समस्या भोगे तर के कारणले समस्या भयो भनेर कम्पनीले सर्वसाधारणलाई मात्रै होइन, नेपाल राष्ट्र बैंकलाई पनि जानकारी दिएको छैन ।

एनएमबि बैंक र फोनपेको सहकार्य

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरु भएको छ । क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरुवात भएको हो । मनकामना […]

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा थापा

फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् ।  थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका उनीसँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज

फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त

१४ वैशाख, काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुने गरी सापकोटालाई सीईओेको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । उनी यसअघि नेपाल […]

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो ।  यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् । करिब २ वर्ष भिसासँगको काम पछि आज यो सेवा शुरू गर्न सफल भएको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए...

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।  सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।  यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर...

भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने

फोनपेको सेवा बुधबार राति १० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म  बन्द हुने भएको छ । फोनपेले मंगलबार एक सूचना प्रकाशित गर्दै असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी दिएको हो । उक्त समयमा सिस्टम अपग्रेड हुने भएकाले फोनपेको हब/क्युआर पेमेन्ट सेवा अवरूद्ध हुने जनाइएको छ । कम्पनीको सूचनामा भनिएको छ, ‘यसबाट सम्पूर्ण ग्राहकहरूमा पर्न...

फोनपेको नयाँ उपहार योजना

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने यो योजना आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ […]