आयोजक जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा अन्तिम दुई स्थान पक्का गरेका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । बुलावायोमा शुक्रबार भएको सेमिफाइनल खेलमा जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो ।