हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर गए राति दुर्घटनामा परेको थियो । बाजुरा गौमुल गाउँपालिका– ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए । विद्युत् पोल बोक्ने […]
सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण […]
काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डिएपी विजय यादव अनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विककको हत्या गरेका हुन् । प्रमुख यादवका अनुसार राति हसियाँको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको […]
काठमाडौं। नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्दैछ। प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने […]
२५ कात्तिक, म्याग्दी । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ ।
कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली …
काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’ भनेर चिनिएका अभिनेता धर्मेन्द्र देवलको निधन भएको छ । ८९ वर्षीय देवलको उपचारको क्रममा आज (मंगलबार) बिहान ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था स्थिर नहुँदा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । […]