स्थानीय तहको चुनाव जेठ ४ गते : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस […]

सम्बन्धित सामग्री

आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा आउँदो फेब्रुअरीमा स्थानीय तहको चुनाव हुने

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आउँदो फेब्रुअरी महिनामा स्थानीय तहको चुनाव हुने भएको छ । आर्थिक सङ्कटका कारण एक वर्ष ढिला गरी स्थानीय तहको चुनाव हुन लागेको हो ।  श्रीलङ्काको निर्वाचन आयोगले आज बुधवार विज्ञप्ति निकालेर जनवरी १८ देखि २१ सम्म आठ हजारभन्दा बढी काउन्सिलर पदका लागि मनोनयन पत्र खुला रहने र त्यसपछि २८ दिनभित्र मतदान गरिसक्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।  श्रीलङ्कामा सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभाव सुरु भएको हो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अघिल्लो सरकारले गरेक...

आस र त्रासमा स्थानीय तहको चुनाव

काठमाडौं । स्थानीय तहको चुनाव नेपालका प्रमुख राजनीतिक दलहरुका लागि ऐना प्रमाणित हुने भएको छ । यो चुनावी परिणामले प्रदेश र संघीय चुनावलाई समेत प्रभावित पार्ने भएकाले उनीहरुले स्थानीय चुनावलाई प्रतिष्ठाको रुपमा हेरेका छन् । भाषणमा आफ्नो वर्चस्व रहने दाबी गरेपनि भित्रभित्र मूलधारका सबै राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो हैसियतमा चुनावी मैदानमा जान भने खुट्टा […]

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था...

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो । जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगसँग परामर्श गरेरै सरकारले वैशाख ३० गते चुनाव गर्ने गरी मिति घोषणा गरेको जानकारी आयोगलाई प्राप्त भएको पुष्टि गरे । मन्त्रिपरिष...

जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताउनुभएको छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताउनुभएको हो ।    सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उहाँले कानुन एवम् संविधानअनुसार फागुनभित्र चुनाव ...

स्थानीय तहको चुनाव गर्न १२ अर्ब खर्च!

काठमाडौँ – स्थानीय तहको चुनाव गर्न १२ अर्ब रुपैयाँ खर्च लाग्ने दाबी निर्वाचन आयोगले गरेको छ। आयोगका पदाधिकारीले मंगलबार प्रधानन्त्री शेरबहादुर देउवालाई बुझाएको ६ बुँदे पत्रमा चुनावबारे विस्तृतमा उल्लेख गरिएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहितका आयोगका पाँचै जना पदाधिकारीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेका थिए। भेटका क्रममा प्रधानमन्त्रीले पेश गरेको जेठ ४ गतेको मितिमा चुनाव गराउन आयोग […]

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने गठबन्धनको निर्णय

काठमाण्डाै - पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र ...

सत्ता गठबन्धन बैठकः जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।...

स्थानीय तहको चुनाव तत्काल घोषणा गर : उपमहासचिव रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न माग गरेका छन् । बिहीवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै रिमालले वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने र कानून मिचिने दाबी गरे । उनले लेखेका छन्, ‘महोदयहरू, वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ । यसको चाहिँ यहाँहरूलाई चासो नै नहुने ! उतिबेला मुद्दा हालीहाली ‘एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसला विपरीत यतिखेर ‘पहिले...

वैशाखमै हुन्छ स्थानीय तहको चुनाव? सञ्चारमन्त्रीले दिएनन् स्पष्ट जवाफ

काठमाडौं : चौतर्फी दबाब भए पनि सरकारले स्थानीय तहको चुनाव बैशाखमा नगर्ने संकेत गरेको छ। मंगलबार बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकमा समयमै चुनाव गर्न गठबन्धन दलहरू सहमत भएको भनिए पनि समय तोकिएको छैन। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको चुनाव गर्ने विषयमा बैठकमा छलफल भएको बताए। त्यसो भए बैशाखमै चुनाव हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘संविधानले तोकेको समय