पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती यस वर्ष विगतझैँ उल्लासपूर्ण वातावरणमा मनाउन सकिएन। ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएकाले जन्मजयन्ती र स्मृति दिवस शान्त र सुनसान अवस्थामा बित्यो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आश्रममा आक्रमण हुँदा संरचना ध्वस्त भएको थियो। त्यसयता आश्रममा […]
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वी नाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को […]
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचनमा अब ७१ दिन मात्रै बाँकी रहँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई उच्च प्राथमिकतामा राखेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अघि बढाउँदै तयारीलाई गति दिएको छ। आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई […]
अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित एक नर्सिङ होममा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। विस्फोटका कारण भवनको केही भाग भत्किँदा अन्य धेरै जना घाइते भएको अधिकारीहरूले बताएका छन्। ब्रिस्टलस्थित सिल्भर लेक नर्सिङ होममा ग्यास चुहावट भएको सूचना पाएपछि आपतकालीन सेवाका टोलीहरू घटनास्थल पुगेका थिए। तर, उद्धारकर्मीहरू पुगेलगत्तै भवनमा भीषण विस्फोट भई आगलागी भएको थियो। घटनामा […]
काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। चिसो मौसममा न्यानो पार्नका लागि घर तथा अफिसमा एसी, हिटर लगायतका उपकरणको प्रयोग गरिन्छ भने ग्रामीण समुदायमा दाउरा, कागज, झारपात, मक्कल बालेर ताप्ने गरिन्छ। तर यी उपकरणको गलत र असावधानीपूर्ण प्रयोगका कारण हरेक वर्ष मानिसको ज्यान गएका घटनाहरु हामीले देख्ने र […]
काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको […]