पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकियो । खेलमा सुरुवाती अग्रता स्टार्सवर्गले लिएको थियो ।स्टार्सवर्गका लागि केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । केलियन एमबाप्पेले २३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीला