२ हजारभन्दा तल झर्‍यो सक्रिय संक्रमितको संख्या

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजारभन्दा तल झरेको छ। शुक्रबार देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन्।  नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

२ हजारभन्दा तल झर्‍यो सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

१३ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा […]

२ हजार विन्दु तल झर्‍यो नेप्से, कारोबार रकम पनि निरन्तर घट्दो

काठमाडौं । धितोपत्र दोस्रो बजारको सम्पूर्ण कारोबार मापक नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९९० दशमलव ५९ विन्दुमा बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार १३ दशमलव ९३ विन्दुमा थियो । गत साताभन्दा यो साता नेप्से परिसूचक २३ दशमलव ३४ अंक घटेको हो ।  यो साता एक कारोबार दिन सार्वजनिक बिदा पर्दा चार कारोबार दिन मात्र बजार खुला भएको थियो । साताको पहिलो कारोबार दिन २० दशमलव ५४ अंकले घटेको बजार दोस्रो कारोबार दिन भने ५ दशमलव शून्य ९ अंकले बढेको थियो । त्यसपछि तेस्रो कारोबार दिन ५ दशमलव शून्य ५ अंकले घटेको बजार चौंथो दिन २ दशमलव ८२ अंकले घटेको हो ।  नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८५ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३८५ दशमलव ५६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा झरेको हो । लाभांशको सिजन शुरू भइसकेको छ । केही म्युचुअल फण्डहरूले लाभांश वितरण गरिसक्दा वाणिज्य बैंकतर्फको एक कम्पनी माछापुच्छ्रे बैंकले समेत लाभांश घोषणा गरिसकेको छ । माछापुच्छ्रे बैंकले गत वर्षकै अनुपातमा कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये १३ दशमलव ७० प्रतिशत बोनस र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश सिजन शुुरू भइसक्दा निकै कम मूल्य कायम भएका कम्पनीको शेयर खरीदप्रति अझै लगानीकर्ताको मन नलागेको अवस्था छ । यतिबेला हकप्रद शेयरहरू समेत निष्कासनमा रहेकाले कतिपय लगानीकर्ता हकप्रदका लागि दोस्रो बजारबाटै रकम जोहो गरिरहेकाले पनि बजार प्रभावित भएको हुनसक्ने अनुमान ब्रोकरहरूले लगाएका छन् । यतिबेला बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम भए पनि चर्को ब्याजका कारण लगानीको माग नभएको लगानीकर्ताहरू बताउँछन् । तरलता बढी भएको अवस्थामा ब्याजदर घट्नुपर्ने लगानीकर्ताहरूको माग छ । यो साता एक दिन कम कारोबार भए पनि कारोबार रकम औसतमा घटेको छ । गत साता औसतमा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको ४७ लाख ९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको ३८ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताको तुलनामा औसतमा कारोबार रकम ३८ करोड ८३ लाख रुपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने ८ लाख ६५ हजारभन्दा बढीले घटेको छ । यो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १ करोड ५३ लाख ७५ हजार कित्ता धितोपत्र कारोबार भएको हो । गत साता भने ७ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको २ करोड ३५ लाख ४८ हजार कित्ता धितोपत्र कारोबार भएको थियो । चार कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति मूल्य ३४ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पू्ँजीकरण यो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रुपैयाँमा झरेको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । व्यापारिक समूहको परिसूचक १.१७ प्रतिशत बढ्यो यो साता घटेको बजारमा व्यापारिक, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक भने बढेको छ । व्यापारिक समूहको १ दशमलव १७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत बढेको हो ।  यो साता जलविद्युत समूहको परिसूचक भने सर्वाधिक २ दशमलव ६५ प्रतिशत घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ५ प्रतिशत, अन्यको १ दशमलव ९५ प्रतिशत, लघुवित्तको १ दशमलव ५५ प्रतिशत, वित्तको १ दशमलव ४६ प्रतिशत, जीवन बीमाको १ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५५ प्रतिशत, बैंकिङको शून्य दशमलव ५४ प्रतिशत र लगानीको शून्य दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

२ हजारभन्दा तल झर्‍यो सेयर बजार

सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ३३.३६ अंक घटेर १९८९ अंकमा कायम भएको हो । कुल २ अर्ब ५ करोडको कारोबार भयो । कारोबार खुलेदेखि नै नेप्से निरन्तरजसाे ओरालो लाग्याे ।

सेयर बजार परिसूचक २ हजारभन्दा तल झर्‍यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर २ हजार भन्दा तल पुगेको छ । मंगलबारको कारोबारमा ३६ दशमलव ०७ अंकले घटेर बजार परिसूचक २ हजार भन्दा तल पुगेको हो। बजार परिसूचक ३६ अंक घट्दा १९९६ दशमलव २६ अंकमा ओर्लिएको छ। साताको पहिलो कारोबारको दिन बजार परिसूचक १६ अंकले घटेको बजार आज ३६ अंकले घट्न पुग...