महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन स

सम्बन्धित सामग्री

सपोर्ट लघुवित्तले ६ महिनामा कमायो ८६ लाख रूपैयाँभन्दा बढी नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनासम्म ८६ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा कम्पनीले करिब २४७ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २४ लाख ९१ लाख रूपैयाँ मात्र खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा करिब ११४ प्रतिशत बढेकाले यस वर्ष खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष ३३ लाख ६९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७२ लाख ४ हजार सञ्चालन नाफा गरेको हो । ११ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम ५ करोड ४० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी गत वर्षभन्दा २९ प्रतिशत बढी १ अर्ब २८ करोड ४१ लाख रूपैयाँ छ भने कर्जा प्रवाह साढे २४ प्रतिशत बढी १ अर्ब ७० करोड रूपैयाँ रहेको छ । निक्षेप संकलन भने करिब १४ प्रतिशत बढेर ३२ करोड ४३ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष ३ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ५४ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रूपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रूपैयाा ७९ पैसा रहेको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

सम्भावित जोखिम शीर्षकमा रकम नछुट्याएको सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३२ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम छुट्याएन, जसको सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा परेको हो । साथै कम्पनीको खराब कर्जा संकलनसमेत अघिल्लो वर्षभन्दा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष २१ लाख ६० हजार रुपैयाँ मात्र खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा गत वर्ष ४२ प्रतिशत बढी अर्थात् १ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी अर्थात् ३० करोड ३३ लाख रुपैयाँ  छ । कम्पनीले अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशत बढी अर्थात् १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा करीब ७ प्रतिशत घटेर १ दशमलव ८३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ५६ प्रतिशत रहेको थियो । वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

इम्पेरमेन्ट चार्ज करिब ११८ प्रतिशत बढ्दा जानकी फाइनान्सको नाफा घट्यो

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड (Janaki Finance Company Ltd.)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५३ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको नाफा ७० दशमलव ७६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज (Impairment Charge) ११७ दशमलव ९१ प्रतिशत बढी भएकाले कुल सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । गत वर्ष रू. ४ करोड ७२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. १० करोड २९ लाखभन्दा बढी छ । सञ्चालन नाफा भने गत वर्ष रू. ६ करोड ६४ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ९५ लाखभन्दा बढी मात्र भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी (Paid Capital) रू. ६९ करोड ४ लाख ७२ हजार छ । गत असार मसान्तसम्म रू. ६ करोड २० लाखभन्दा बढी रहेको रिटेन्ड अर्निङ तेस्रो त्रैमाससम्म भने रू. १९ करोड ५५ लाखभन्दा बढी ऋणात्मक छ । जगेडा कोष रकम भने गत असार मसान्तसम्मको तुलनामा ४५ दशमलव ४३ प्रतिशत बढेर रू. २९ करोड ८२ लाखभन्दा बढी कायम भएको छ ।  तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३४ करोड ५६ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ६२ करोड ७७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ८० प्रतिशत रहेकोमा यस वर्ष २३ दशमलव ६० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव ९६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ८८ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सिवाईसी नेपाल लघुवित्तको नाफा करीब ५७ % घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तले रू. २ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५८ दशमलव ९७ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ४७ लाखभन्दा बढी रकम छुट्याएको हो ।  खराब कर्जा संकलन पनि गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष रू. २ करोड ८० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब कर्जा संकलन गर्न सकेको छैन् । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ३९ दशमलव २८ प्रतिशत कम रू. ३ करोड ९० लाख भएको छ । हाल कम्पनीको चुक्तापूँँजी रू. १२ करोड १६ लाख ४१ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ७४ लाखभन्दा बढी छ । कम्पनीले दोस्रो त्रैमासम्म रू. १ अर्ब ७७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको निक्षेप करीब ४२ प्रतिशत र कर्जा प्रवाह करिब ४५ प्रतिशत बढी भएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ५७ करोड ८६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १ करोड ५५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३३३ दशमलव ४३ छ ।

बेसीशहर नगरपालिकाको ६ करोड राजस्व संकलन

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शीर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर  ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ […]

जाल्पा सामुदायिक लघुवित्तको आईपिओ बाँडफाँड, २६ लाख ६१ हजार आवेदकले पाएनन् शेयर

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  ।   २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ  ।  जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो । कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो  भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनी परिचयजाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेश, गण्डकि प्रदेश, लुम्वीनि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही, दाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।पूजी संरचनायस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । यो पनि : जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

विलासी तथा उपभोग्य वस्तुकै लागि ४ खर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले विभिन्न मुलुकबाट करिब ४ खर्ब रुपैयाँ बराबरको विलासी तथा उपभोग्य वस्तुको आयात गरेको छ । मुख्यगरी पेट्रोलियम पदार्थ, मोबाइल, सवारीसाधन तथा पार्टपुजा, फलाम तथा स्टील पाता, कच्चा सोयाबिन तेल, पाम तेल, धान–चामल र सुनचाँदी रू. ३ खर्ब ८८ अर्ब बराबरको पैठारी भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ६ महीना अवधिमा मोबाइल सेट मात्रै २५ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रू. ५ अर्बले बढी हो । आर्थिक वर्ष २०७७/७८ को पुससम्ममा रू. २० अर्ब ६३ करोडको ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको थियो । चालू आवको यसै अवधिमा रू. २५ अर्ब ६२ करोडको ३५ लाख ६४ हजार मोबाइल सेट आयात भएको छ । मोबाइल सेट आयात संख्यात्मक रूपमा घटे तापनि यसको मूल्य र भन्सार दर बढ्दा गत आवको तुलनामा ५ अर्बभन्दा बढी बाहिरिएको हो । मोबाइल सेटको आयातबाट सरकारले ४ अर्ब ५ करोड ५३ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सो अवधिमा पेट्रोलियम पदार्थका लागि मुलुकबाट रू. १ खर्ब २६ अर्ब र सवारीसाधन तथा पाटपुर्जाका लागि रू. ७२ अर्ब बाहिरिएको छ । यस्तै, फलाम तथा स्टील पाता/क्वाइलमा रू. ४० अर्ब ९२ करोड बाहिरिएको छ । यसैगरी कच्चा सोयाबिन तेल रू. ३६ अर्ब ५४ करोड, पाम तेल रू. २७ अर्ब ४९ करोड, चामल रू. २३ अर्ब १४ करोड, सुन रू. २२ अर्ब ३ करोड र चाँदी १५ करोड रुपैयाँ बराबरको आयात भएको छ । साउनदेखि पुससम्ममा कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५१ दशमलव १३ प्रतिशत धेरै हो । गत आवको ६ महीनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । सरकारले आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रणमुखी प्रावधान ल्याएको थियो । तर, तथ्यांकमा भने त्यसको प्रभाव खासै परेको देखिँदैन । पुसमा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । विभागको तथ्यांक अनुसार ६ महीनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६ दशमलव ६४ प्रतिशत बढी हो ।

पहिलो त्रैमाससम्ममा साना किसान विकास लघुवित्तको खुद नाफा साढे १६ करोड

कात्तिक २६, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १६ करोड ५४ लाखभन बढी खुद नाफा गरेको छ ।  शुक्रवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत  वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १८ दशमलव १२ प्रतिशत बढी भएको हो । यस वर्ष रू. ५ करोड ५१ लाख ९८ हजार खराब कर्जा संकलन गरेको कम्पनीको खुद ब्याज आम्दानी करिब १२ प्रतिशत बढी रू. २९ करोड ९२ लाख भएको छ । खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालक नाफा पनि यो वर्ष साढे १४ प्रतिशतले वृद्धि भएर रू. २० करोड ७३ लाख ५३ हजार पुगेको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष रू. ५ करोडभन्दा बढी रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी छुट्याएको छ । खराब कर्जा संकलन गत वर्ष रू. ३ करोड ९० लाख थियो । यस वर्ष यो रकम बढेसँगै कम्पनीको खुद नाफा बढ्न सहयोग मिलेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १८ दशमलव ३५ प्रतिशत बढी रू. २ अर्ब ४९ करोड ५७ लाख कायम भएको छ । यस वर्ष गत वर्षभन्दा करीब १६ प्रतिशत बढी अर्थात् रू. २१ अर्ब ४० करोड ८६ लाख कर्जा सापटी लिएको कम्पनीले २९ प्रतिशत बढी  अर्थात् रू. २५ अर्ब ७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९९ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ६६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २९९ दशमलव ४२ छ ।   यो पनि हेर्नुस् : साना किसान विकास लघुवित्तद्वारा २० करोडभन्दा बढी खराब कर्जा संकलन ६ महीनामा साना किसान विकास लघुवित्तको नाफा ३१ करोड ७३ लाखभन्दा बढी साना किसान विकास लघुवित्तले गर्‍यो २६.३२ % लाभांश दिने प्रस्ताव

तीव्र महत्वकांक्षाले डुबेका ‘धुर्मुस–सुन्तली’ अब के गर्लान् ?

नेपाली हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रिल मात्रै नभई रियल लाइफमा पनि श्रीमान श्रीमति हुन् । तर, २०७२ सालको महाभुकम्पले उनीहरुको कलाकारितालाई धराहरालाई जस्तै गर्ल्याम्म ढालिदियो ।धराहरा त करिब करिब उठ्यो, तर धुर्मुस–सुन्तली भने झनझन भाँसिदै गएको उनीहरुकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।यसरी ‘करियर’ ढल्नुमा बाहिरी प्रभाव केही होइन, उनीहरुको चरम महत्वकांक्षा नै कारक बन्यो । भुकम्पको समयमा अमेरिकामा रहेका उनीहरु त्यहाँ रहेका नेपालीले दिएको सहयोग लिएर काठमाडौँ आईपुगे । यहाँ ओर्लनासाथ उनीहरुमा एकाएक समाजसेवाको मात चढ्यो र ह्वात्तै हाम फाले ।करोडको कामपछि सिँधै ३ अर्बमा हातसहयोग उठाएर उनीहरुले केही एकिकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर उनीहरुले गिरानचौरमा बस्ती बनाएपछि सहयोगीहरु बढ्न थाले ।सहयोगीकै देनमा उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए । सन्तपुर बस्ती बनाउँदा ५ करोड ९५ लाख सहयोग उठेकोमा ५ करोड ५४ लाख खर्च भएको धुर्मुस–सुन्तली फाउण्डेशनको विवरणमा उल्लेख छ । मुसहर बस्ती बनाउन ७ करोड ६३ लाख सहयोग उठेकोमा ५ करोड ४ लाख खर्च भएको र गिरानचौर बस्तीका लागि ६ करोड १८ लाख रुपैयाँ संकलन भएको र त्यसमध्ये ५ करोड १३ लाख रुपैयाँ खर्च भएको विवरण फाउण्डेशनमा छ ।पहरी बस्ती बसाल्न ६७ लाख २० हजार सहयोग उठेको र यो रकम सबै खर्च भएको बताइन्छ । यसरी साना पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिँधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे ।क्रिकेट रंगाशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो । तर, यो सबै रकम बस्ती बसाउन आउने सहयोग रकम जसरी नै आउँछ भन्ने सोचे । एकातिर नमूना बस्ती बनाएपछि ‘महान समाजसेवी’ कहलिएको बेला र अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भईरहेको समयमा उनीहरु चरम महत्वकांक्षी बनेर अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बनाउने लहडमा लागे ।५४ करोड खर्च, १६ करोड ऋणरंगाशालाको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । यसो हुनुमा आर्थिक संकट नै सबैभन्दा पहिलो कारक बनेको छ । बस्ती बसाउन रकम संकलन गरेकै मोडल अपनाउँदा उनीहरुले १ अर्ब पनि संकलन गर्न सकेनन् ।दाताको सहयोग र सरकार (विभिन्न तहका सरकार) बाट संकलन भएको ५४ करोड खर्च गरे । उनीहरुले यो बाहेक उदारो सामान किनेको ठाउँमा १६ करोड ऋण तिर्न बाँकी रहेको बताउँदै आएका छन् । अब के गर्लान् ?बास्तवमा भन्ने हो भने, लहडमा लागेर चरम महत्वकांक्षी बन्दा धुर्मुस–सुन्तलीको अहिले ‘हरिबिजोग’ भएको छ । एकातिर प्रोजेक्ट अलपत्र हुने खतरा छ भने अर्कोतिर अब पुनः कलाकारितामा फर्किएर अहिलेको ‘ट्रेण्ड’मा स्थापित हुन अर्को सकस पर्नेछ ।दीपकराज गिरी र दिपाश्री निरौलाको टेलिश्रृङखला ‘तितो सत्य’ले दर्शक हँसाउन छोडेको समयमा हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’ को उदय भएको थियो ।तितो सत्य भन्दा ३ वर्षपछि नेपाल टेलिभिजनबाट प्रसारणमा आएको ‘मेरी बास्सै’ ले केदार घिमिरे (माग्ने बुढा) र धुर्मुस–सुन्तलीलाई स्थापित गरायो । तर, समाजसेवाको नाममा नमूना बस्ती बनाउँदा उठाएको रकम पारदर्शी रुपमा सार्वजनिक नगरेको जस्ता आरोप उनीहरुमाथि लाग्यो । यसबारे उनीहरुले खासै उत्तर नै दिएनन् । त्यतिबेला मनग्य आर्थिक आम्दानी गरेका यी दम्पतीले कलाकारिता चटक्कै छोडे । एउटा फिल्म बनाएको भएपनि त्यसले ब्यापार गर्न सकेन । झन, रंगाशालाकै निर्माण सुरु गरेपछि उनीहरु अर्को तनावमा परे । रंगाशाला बनाउन सकिँदैन भन्दै सञ्चारमाध्यममा आएपनि उनीहरुले फाउण्डेशन सरकारलाई हस्तान्तरण गर्ने वा नगर्ने भन्ने केही बोलेका छैनन् । रंगाशाला बनाउँदा लागेको १६ करोड तिर्न अब के गर्ने भन्ने प्लान पनि उनीहरुले बनाएको देखिँदैन ।कलाकारितामै फर्किएपनि उनीहरुले विगतको ‘हाइट मेन्टेन’ गर्न नसक्ने विश्लेषण पनि हुँदै आएको छ । यसबारे उनीहरुले कहिले मुख खोल्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

वर्षाले बागमतीमा करिब ६ करोड रूपैयाँ बराबरको धानमा क्षति

हेटौंडा : केही दिनअघिको बेमौसमी वर्षाले बागमती प्रदेशमा ५ सय ३० हेक्टरको ५ करोड रूपैयाँभन्दा बढिको धानबालीमा क्षति पुगेको छ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ५ करोड ८१ लाख २७ हजार ३ सय ३ रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो।मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १० जिल्लाको ५ सय ३० हेक्टरमा लगाइएको अनुमानित २ हजार ६८ मेट्रिकटन धानमा बेमौसमी वर्षाले गर्दा