बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-४ खलंगाले हात पारेको छ। फाइनलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो।खलंगा गत संस्करणको पनि च्याम्पियन टोली हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि हात पारेको थियो। उपाधिसँगै खलंगाले ७५ हजार नगद पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो।आज भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक