गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन