चैते धान रोप्ने बेलामा पर्साका किसानले मलको अभाव भएको बताएका छन् । एक सातादेखि जिल्लामा चैते धानको रोपाइँ सुरु भइसकेको छ । तर किसानले मलबिनै रोपाइँ गर्न थालेका छन् ।
पछिल्लो केही वर्ष यता आएर बाँके जिल्लामा पनि चैते धान रोप्न सुरु गरिएको छ। चैते धानको उत्पादन बढ्दै गएपछि यो वर्ष जिल्लामा ४० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
१९ चैत, गुल्मी । गुल्मी जिल्लाभर १७ प्रतिशत चैते धान रोपाइँ भएको छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म भित्र्याइन्छ र पुनः बर्खे धान रोपिन्छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पछिल्ला ३ वर्षमा लगातार धान रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान […]
प्यूठानका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो । फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन् ।
यहाँका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो ।
तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा आइतबार बिहानैदेखि किसानहरु चैते धान काट्न व्यस्थ देखिन्थ्ये । व्यास–१ अंम्रेनीका किसानहरूलाई पनि केही दिनयता चैते धान भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा तनहुँका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने काम सकेका छैनन् ।
काठमाण्डाै - तनहुँकाे भानु नगरपालिकाको चुँदी कुमाल गाउँमा धमाधम चैते धान रोपाइँ सुरु भएको छ ।
टन्टलापुर चर्को घाममा धान रोप्ने महिलाहरू मात्रै देखिन्छन् ।
खेतमा न गोरु छन् न त हली । कतै ट्र्याक्टरले त कतै महिलाहरू आफैँ गरो सम्याउँदै धान रोपिरहेका छन् ।
तस्बिरः विकास गोले
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए । ‘चैते धानको उत्पादन वृद्धि गर्नका […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीर- टेकराज पोखरेल/ रासस
नवलपरासी, ११ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस