काठमाडौं । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिजो दिउँसो १ बजेपछि पर्न थालेको हिउँका कारण सडक यातायात तथा हवाई सेवा प्रभावित भएको छ । हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटसँग हुम्लाको ६ वटा स्थानीय स्थानीय तहको सम्पर्कबिच्छेद भएको र यतिबेला माइनस ७ डिग्री तापक्रम रहेको हुम्लाबाट पत्रकार रेशमराज रोकायाले रातोपाटीलाई जानकारी दिए । हिमपातका कारण जिल्लाको घोडेटो बाटो, ७ किलोमिटर सवारीसाधान गुड्ने बाटो बन्द भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उड्ने हवाई सेवा ब