पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले बिहीबार मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको हो ।
जुम्लामा सबैभन्दा बढी र काठमाडौंमा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका वरपर पनि बिहीबार बिहान हिमपात भएको थियो ।