काठमाडौँ : उपसामुख इन्दिरा रानाले बालबालिकालाई प्रभावकारी शिक्षा दिनु आवश्यक रहेको बताएकी छन्।मंगलवार काठमाडौँमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन्। उनले सानै उमेरबाट बालबालिकालाई राष्ट्रियताबारे अवगत गराउनुपर्ने बताइन्। उनले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थितिअनुसारको शिक्षा आवश्यक रहेको बताइन्। उनले नेपाली विद्यार्थीलाई विद्यालयमा व्यावहारिक शिक्षाको पनि ज्ञान दिन जरु