सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताउनुभएको छ । भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उहाँले सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उहाँले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गर्नुभयो । उपसभामुख रानाले आर्थिक …