अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने जर्मनीको भनाइ

बर्लिन । जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएकी छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । पद ग्रहण गरेको दुई हप्तापछि उनले भनिन्, ‘बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन्। गुटेरेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन्।२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन्। धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी

बेइजिङ पुगेका मुस्लिम बहुल राष्ट्रका कूटनीतिलाई वाङले यसो भने

गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

क्यानाडामा आदिवासी बालबालिकाको चिहान, नरसंहारको प्रमाण भएको इरानी दाबी

इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताउनुभएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको सङ्केत गरेको उल्लेख छ । उहाँले […]

जलवायु परिवर्तन र पाकिस्तानको पीडा

आर्थिक संकटबाट गुज्रिरहेको छिमेकी देश पाकिस्तानमा जलवायु परिवर्तनका कारण आएको बाढीले चरम मानवीय विपत्ति उजागर गरेको छ । विकसित देशहरुले खपत गरेको पेट्रोलियम र कोइलाको नराम्रो असर भने नेपाल, पाकिस्तान जस्ता अविकसित मुलुकले भोग्नुपरेको छ । पृथ्वीको वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन भई त्यसले पृथ्वीको तापमान नै वृद्धि गरिदिएप...

जलवायु परिवर्तन र पाकिस्तानको पीडा

आर्थिक संकटबाट गुज्रिरहेको छिमेकी देश पाकिस्तानमा जलवायु परिवर्तनका कारण आएको बाढीले चरम मानवीय विपत्ति उजागर गरेको छ । विकसित देशहरुले खपत गरेको पेट्रोलियम र कोइलाको नराम्रो असर भने नेपाल, पाकिस्तान जस्ता अविकसित मुलुकले भोग्नुपरेको छ । पृथ्वीको वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन भई त्यसले पृथ्वीको तापमान नै वृद्धि गरिदिएप...

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, -बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु-याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ । यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयो...

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरूपमा कुपोषित

काठमाडौं । बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ति र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता एवं कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ ।  बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्यांक उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले शुरू गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य के कस्ता बाधा छन् भन्ने विषयमा विश्लेषण गरेको छ । आयोगद्वारा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको थियो । नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरूपमा कुपोषित रहेको, १७ प्रतिशत महिला अधिक तौलका रहेको र कुपोषणको अवस्था चिन्ताजनक देखिएको अध्ययनले देखाएको छ । कुपोषण र खाद्य असुरक्षाको स्थितिको अवस्था भौगोलिक क्षेत्र, उमेर समूह र आर्थिक अवस्थाअनुसार फरक छ । बालबालिकामा हुने पुड्कोपन सबैभन्दा धनी समूहमा भन्दा सबैभन्दा बढी गरिब समूहमा सूक्ष्म पोषक तŒवको कमीका कारण दोब्बरभन्दा बढी रहेको पाइएको छ । सूक्ष्म पोषक तŒवको कमी वा लुकेको भोकमरीको मुख्य कारणमा न्यून खाद्य विविधता, खाद्य पदार्थमा आवश्यक पोषक तŒवको कमी र ताजा पोषिलो खाद्यवस्तु उत्पादनमा भन्दा अन्नबालीको उत्पादन र उपभोग जस्ता पक्षलाई प्रतिवेदनमा समेटिएको छ ।      प्रतिवेदन सार्वजनिक गर्दै आयोगका सदस्य डा. दिलबहादुर गुरुङले प्रभावकारी रूपमा कुपोषण रोकथामका लागि नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि तथ्य तथ्यांकको आवश्यकता पर्ने हुँदा यस अध्ययनले आगामी दिनमा यसम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताए । अर्का सदस्य डा. उमाशंकर प्रसादले खाद्य पदार्थमा पहुँचका लागि नेपालले विद्यमान खाद्य प्रणालीको रूपान्तरण गर्नु आवश्यक रहेको बताए । पोषण संवेदनशील कृषि र असल पूर्वाधारको विकासमा लगानी गरेर मात्रै सबै समुदायलाई स्वच्छ तथा पोषिलो खाद्य पदार्थको उपभोग गर्न सक्ने अवस्थामा पुर्‍याउन जरुरी भएको उनको भनाइ छ । आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले गरिबीले घरधुरीको पोषिलो खाद्य पदार्थको पहुँचमा अवरोध सृजना गरेको उल्लेख गरे ।