पालिका प्रमुखमा महिला नेतृको दाबेदारी

स्थानीय तह निर्वाचन नजिकिएसँगै गाउँ–सहरमा चहलपहल बढेको छ । दलले चुनाव केन्द्रित कार्यक्रम अघि सारेका छन् । चिया पसलदेखि सामान्य भेटघाटमा नयाँ नेतृत्वमा को पुग्ला भनेर अड्कलबाजी सुरु भएका छन् । अहिले पालिका, संघ र प्रदेशको नेतृत्व तहमा पुरुष दबदबा छ । पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा संविधानले महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । बर्दियाका आठै पालिका प्रमुखमा पुरुष छन् ।

सम्बन्धित सामग्री

राप्रपा महिला विभाग प्रमुखमा शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाही महिला विभाग प्रमुख चयन भएकी छिन्।प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गरेका हुन्। यस्तै उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभाग , केन्द्रीय सदस्य राजेश गिरीलाई शिक्षा विभाग र ज्वाला संग्रौलालाई सामाजिक विभागको प्रमुख बनाइएको छ।विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइ

रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया ग

तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

रौतहटका दुई नगरपालिका प्रमुखमा महिला निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन्। मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन्। दुई […]

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित

स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो । पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको थियो […]

बझाङका पालिका प्रमुखमा एक मात्र महिला उम्मेदवार

१५ वैशाख, बझाङ । १२ वटा स्थानीय रहेको बझाङमा प्रमुख (मेयर–अध्यक्ष) पदका लागि ५२ जना उम्मेदवार मैदानमा छन् । तर त्यसमध्येमा एक मात्र महिला छिन् । उनी हुन धनदेवी कुँवर । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ । २ वटा नगरको प्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी […]

दुई नगर प्रमुखमा महिला उम्मेदवार

नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।...

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएस प्रमुखमा पहिलोपटक महिला

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अध्यागमन विषयहरु हेर्ने सरकारी एजेन्सी युएससीआईएसको प्रमुखमा पहिलोपटक महिला नियुक्त गरिएको छ । अमेरिकी सिनेटले युएससीआईएस प्रमुखमा राष्ट्रपति बाइडेनको छनौटमा रहेकी उर जदउलाई सुनिश्चित गरेको हो । युएससीआईएस लामो समयदेखि कार्यवाहक प्रमुखले चलाउदै आएकोमा निर्देशकमा जदउको नियुक्ती सिनेटबाट पारित भएपछि अब युएससीआईएसले पूर्ण प्रमुख प्राप्त गरेको छ । बाइडेन प्रशासनले […]