अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।  बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै

सम्बन्धित सामग्री

अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।बिहीबार  खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ।  मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावक

प्रचण्डले स्थायी कमिटी घोषणा गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार स्थायी कमिटी घोषणा गर्ने भएका छन् । प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेको एक नेताले रातोपाटीलाई बताए ।पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने उनले बताए । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

प्रचण्डका छोरी र ज्वाईं नै बने केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

माओवादी केन्द्रको हुम्लाबाट २ जना केन्द्रीय सदस्य चयन

सिमकोट – नेकपा माओवादी केन्द्रको चालु अधिवेशनबाट हुम्ला जिल्लाबाट दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन्। माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रीय सदस्य पदमा हुम्लाका दुई जना परेका हुन्। हुम्लाबाट केन्द्रीय सदस्य हुनेमा निवर्तमान केन्द्रीय सदस्य विजय भण्डारी र संघीय सांसद छक्कबहादुर लामा छन्। भण्डारी जलयुद्धका बेला भूमिगत हुँदै विभिन्न आक्रमणमा सहभागी भएका थिए। उनी […]

केन्द्रीय कमिटी घोषणा गर्दै माओवादी केन्द्रको महाधिवेशन सकियो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए । प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ।  माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ। माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो ।

६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने

नेकपा माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् । २९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेपछि बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएका हुन् ।त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।

नुवाकोटबाट विमला सुवेदी बनिन् केन्द्रीय सदस्य

नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा उनको नाम घोषणा गरेका हुन् ।

जनजातीतर्फबाट हितबहादुर तामाङ बने केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय सदस्य चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनको नाम घोषणा गरेका हुन् ।

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समिति घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।  आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।