चितवन-३ : राप्रपाका पाण्डे अग्र स्थानमा,पछ्याउँदै भोजराज

चितवन : चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले ४१ सय ८६ मत पाएर अग्र स्थान कायम गरेका छन्।  नेकपा माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीले ३५ सय ७९ मत ल्याएर पछ्याउँदै छन्।स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २९ सय ५४ मत ल्याएर तेस्रो स्थानमा छन्। 

सम्बन्धित सामग्री

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा […]

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए […]

चितवन– ३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९० हजार ७१४ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डे जित नजिक पुगेका छन् । पाण्डेले ३३ हजार ७३७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ४५० मत प्राप्त गरेका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७२२ मत प्राप्त गरेकी छन् । अर्का स्वतन्त्र (माछा चिन्ह)का उम्मेदवार दिनेश कोइरालाले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।

चितवन ३ (क) मा राप्रपाका गिरबहादुर तामाङ विजयी

चितवन - चितवनमा प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित हुनुभएको छ । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गर्नुभयो। २०७४ मा यही क्षेत्रबाट निर्वाचित एमालेका पूर्व प्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो हुनुभएको छ । उहाँले ११ हजार ६२३ मत मात्रै प्राप्त गर्नुभएको छ ।

चितवन ३ मा राप्रपाका पाण्डे ६ हजार भन्दा धेरै मतले अगाडि

चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनी माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।...

चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।

चितवन ३ मा विक्रम पाण्डेलाई पछ्याउँदै घण्टी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले ४ हजार ७ सय ७८ मत पाएका छन् ।

चितवन -३ मा राप्रपाका विक्रम पाण्डेकाे अग्रता

चितवन - प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा हुनुहुन्छ । उहाँले  ४ हजार १ सय ८६ मत ल्याउनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत ल्याउनु भएकाे छ । यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याउनु  भएकाे छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत ल्याउनु भएकाे छ ।

चितवन- ३ मा विक्रम पाण्डेकाे अग्रता कायमै

काठमाडाैँ- चितवन- ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा पाण्डेले ३ हजार ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका भाेजराज अधिकारीले २ हजार ८४१ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २ हजार ७२० र कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश काेइरालाले २ हजार ५५७ मत […]