एसियन गेम्स क्रिकेटः क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले भारतको सामना गर्ने भएको छ । मंगलबार हुने क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने भएको हो । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ६:४५ बजेबाट सुरु हुनेछ । भारतलाई पराजित गरेको खण्डमा नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न...

सम्बन्धित सामग्री

नेपाललाई तेस्रो सफलता, शर्मा आउट

काठमाडौं : भारतविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भएका छन्। रुतुराजलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।  यस्तै तिलक बर्मा २ रन बनाएर सोमपालको बलमा आउट हुँदा जितेश शर्मा ५ रन बनाएर पेभिलियन फर्किए। ओपनर यजस्वी जैसवालले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ८६ रन बनाएर खेलिरहेका छन्। भारत १३औँ ओभरमा तीन विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ।

कुशलको विस्फोटक व्याटिङसँगै बनेका रेकर्डहरूको रेकर्ड

१० असोज, काठमाडौं । एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पार्‍यो । कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाएको खेलमा नेपालले टी-२० आईमा ३१४ रनको कीर्तिमानी स्कोर बनायो । ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा […]

१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

१० असोज, हान्झाउ । १९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो । मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो । अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको […]

एसियन गेम्समा क्रिकेट : टी-२० विश्वकप छनोटलाई तयारीको अवसर

१ असोज, काठमाडौं । चीनको ग्वाङ्झाओमा हुने १९ औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ । गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी-२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । पछिल्लो एक वर्षमा नेपालले वान […]

एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

३१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन गेम्स ठूलो अवसर हो । नेपाल रहेको समूह डी मा जापान, भियतनाम र बंगलादेश छ । जापान महिला विश्वकपको शीर्ष ८ भित्र परिसकेको टिम हो । […]

एसियन गेम्सको नयाँ मिति तय

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो ।तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियन गेम्सका लागि नेपालले प

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

९ वैशाख, काठमाडौं । नेपालको महिला फुटबल टिम र महिला भलिबल टिमले पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको होन्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्समा नेपालको महिला फुटबल र महिला भलिबल टिमलाई सहभागि गराउने निर्णय गरेको हो […]

हतारोमा नवौं खेलकुद, एसियन गेम्स असर पर्ने खतरा

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृत दिएको छ । आगामी २०७९ साल २२–२८ जेठमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनेछ । गत फागुनमा हुने भनिएको नवौं खेलकुद सदस्य–सचिवको विवादका कारण जेठमा सरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई एसियन गेम्सको छनोटको रुपमा हेरिएको छ । नेपालले एसियन गेम्समा

तीन वर्षपछि भलिबलमा फर्किए मानबहादुर, पदक छुने चाहना

२२ मंसिर, काठमाडौं । नेपाली भलिबलमा पछिल्लो पुस्ताको खेलाडीको कुरा गर्दा मानबहादुर श्रेष्ठ नछुट्ने नाम हो । नेपालले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जित्दादेखि एसियन गेम्स खेल्दासम्म उनी नेपाली टीमको महत्वपूर्ण सदस्य थिए । विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने मानबहादुरको स्पाइक हेर्न दर्शकहरु उत्साहित हुन्छन् । लयमा छँदै मानबहादुरले तीन वर्षअघि फरक परिस्थितिको […]

एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दै

इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली महारथि जापानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग खेल्दै एसियन गेम्सको सुरूवात गर्दैछ।