जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकमा समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । शनिबार काठमाडौँमा सुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकम