काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिंदा नेकपा एमालेका १८ सांसद अनुपस्थित भए । उनीहरु मध्ये कतिपय मतदानको समयमा प्रतिनिधि सभा बैठक छाडेर निस्किएका हुन् । मतदान बहिष्कार गर्नेहरुमा अधिकांश एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु छन् । उनीहरुले पार्टीको दुवै पक्षको उच्च नेतृत्वलाई दबाब दिने भन्दै मतदानमा अनुपस्थित जनाएका हुन् । […]