काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको ‘बिस्काः जात्रा’ सम्बन्धी एकल फोटो प्रदर्शनी आज सकिएको छ।यही चैत २२ गतेदेखि सुरु भएको प्रदर्शनी ९०० जनाले अवलोकन गरेका छन्।पत्रकार श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्ग लगायतका विशिष्ट व्यक्तिहरूले प्रदर्शनी अवलोकन गरेका थिए।प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर