काठमाडौं : पार्टीभित्रको विवाद समाधान गर्नका लागि पार्टी मुख्यालय धुम्बाराहीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएर अगाडि जान सकिने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेको फागुन २८ गतेको निर्णयलाई फिर्ता लिएर कार्यदल बनाएर समस्या समाधान गर्नका लागि उनले प्रस्ताव गरेका हुन्। '२८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्य अवस्थामा लैजाऔँ' छलफलपछि नेता नेपालले भने, 'त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ। कार्यदल पनि बनाउन सकिन्छ। तर, प्रधानमन्त