काठमाडौं, २५ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । यो जीतसँगै बंगलादेश सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै बंगलादेश अन्तिम चारको नजिक पुगेको हो । बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । […]