भक्तपुरको रानीपोखरी सर्वसाधरणका लागि खुलाइने

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो। भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक ...

सम्बन्धित सामग्री

भक्तपुरमा पनि छ है रानीपोखरी

काठमाडौंमा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सम्पन्न भएसंगै भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको रानीपोखरी हालै पुनःनिर्माण सम्मन्न गरेको भएको छ । तस्वीर, रत्न श्रेष्ठ, रासस

पुनः निर्माणपछि रानीपोखरी

भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको हालै पुनः निर्माण सम्पन्न गरेको प्रसिद्ध रानीपोखरी । तस्बिर : रत्न श्रेष्ठ, रासस

सेनाको काँडेतार पन्छाएर खुला भयो भक्तपुरको रानीपोखरी

२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो । काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन । सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो […]

भक्तपुरको ऐतिहासिक रानीपोखरी नागरिकका  लागि खुला

काठमाण्डाै – भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) नागरिकका  लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको हिजो उद्घाटन गर्नुभएकाे हाे । उहाँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताउनुभयो । उहाँले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी...

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर– भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ। पोखरी पहिले नेपाली सेनाको कब्जामा थियो। साथै घाँसे मैदानको रूपमा थियो। तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ। रानीपोखरी १५ सय रोपनी […]

सर्वसाधारणका लागि खोलियो भक्तपुरको रानीपोखरी

भक्तपुर : भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आज (मंगलबार) देखि सर्वसाधारणका लागि खोलिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेका हुन्। सो अवसरमा उनले ‘जीर्णोद्धार’ पुस्तक पनि सार्वजनिक गरे।अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए। उनले कला संस्कृति जोगाउनु

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेसँगै खुला गरिएको हो । रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको हो ।

रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास

भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको […]

काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो। भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने…

पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी

भक्तपुर– भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो । भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको […]