प्रधानमन्त्रीको सचिवालयद्वारा १५ कामको सूची सार्वजनिक: निर्णय, घोषणा र योजना पनि कामको सूचीमा

काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भईरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले योजना र निणर्यलाई समेत सामेल गरेर  कामको फेहरिस्त सार्वजनिक गरेका छन्। सरकार गठन भएको ६८ दिन भईसक्दा पनि मन्त्रीपरिषद बिस्तार गर्न नसकेको, एमसीसी जस्तो राष्ट्रिय मुद्दामा समेत ठोस अडान लिन नसकेको, प्रतिस्थापन बिधेयक ल्याएर पनि बजेट पास गर्न नसकेको, इतिहासमै पहिलो पटक सरकार खर्च गर्न नसकेको, सेयर बजारलाई नेतृत्त्वबिहिन अवस्थामा राखेको, जस्ता दर्जनौ अक्षमताका बावजुत प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गरेका महत्त्वपूर्ण १५ वटा कामको सूची सार्वजनिक गरेको छ ।निर्णय र योजना बनाएका तथा तत्कालिन सरकारले निर्णय गरि काम कारबाही अगाडी बढेका कामलाई समेत महत्त्वपूर्ण कामको सूचीमा राखिएको छ।  कोभिडको खोप परिक्षण तथा उत्पादन भईरहेको बेलामा पनि नेपाली जनतालाई खोप उपलब्ध गराएको तत्कालिन सरकारले गरेका कामलाई समेत देउवाको सचिवालयले आफुले गरेको काम भन्दै कामको सुचिमा राखेको छ। त्यति मात्र नभई नीतिगत निर्णय गरेको तर कार्यान्वयनमा नआएका बिषयलाई समेत काम गरेको भन्दै देउवाको सचिवालयले सरकारले गरेका महत्त्वपूर्ण १५ वटा कामको सूची सार्वजनिक गरेको छ।कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, सरकारी कर्मचारीको तलब बढाएको, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय भएको, पाँच लाख गरिब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको, काठमाण्डौका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय पनि १५ वटा कामको सूचीमा समावेश छ। प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गरेका सरकारले गरेका भनिएका १५ वटा कामको सूचीत्यस्तै प्रक्रियामा रहेका र निष्कर्षमा नपुगेका बिषयलाई समेत कामको सुचिमा राखिएको छ। एमसीसीमा राष्ट्रिय सहमतिको पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई पनि सरकारले महत्त्वपूर्ण कामको सूचीमा राखेको छ । सरकारले सार्वजनिक गरेका कामको सूचीमा रहेका धेरै विषयको काम सुरु नै भएको छैन ।      कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकैदिन ३ लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुङ्ग्याएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको सरकारको दाबी छ ।सरकारले धेरै काम गरे पनि काम नै नभएको हल्ला फैलाएपछि काम विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्। यो पनि:कान्तिपुर दैनिक पत्रिकामा छापिएको प्रधानमन्त्री देउवाको अक्षमताको फेहरिस्त

सम्बन्धित सामग्री

इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत

जेरुसेलम– इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ ।  इजरायलले राफाहमा भूमिगत कारबाही नगर्न अन्तर्राष्ट्रिय आह्वान गरेपछि यो घोषणा बाहिर आएको हो ।  स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र […]

अनावश्यक कार्यालय खारेजको सकस: अध्ययन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजी गर्ने घोषणा गरेको छ। तर उक्त घोषणा व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकारलाई सकस परेको छ।...

फिल्म र संगीत उद्योग २०३० सम्म ६३ बिलियनको बनाउने बेलायतको घोषणा

काठमाडौं । बेलायत सरकारले देशको रचनात्मक उद्योगको सम्भावनालाई अधिकतम बनाउन र आर्थिक वृद्धिलाई बढावा दिने उद्देश्यले महत्वाकांक्षी योजना घोषणा गरेको छ । प्रधानमन्त्री ऋषि सुनकले प्राथमिकताका रूपमा पहिचान गरेको रचनात्मक क्षेत्रले बेलायती अर्थतन्त्रलाई व्यापक रुपमा अघि बढाइरहेको छ । पछिल्लो १० वर्षमा १.५ गुणा तीव्र गतिले यो क्षेत्रको वृद्धि भएको छ । साथै कुल मूल्य […]

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री

काठमाडौं– तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा […]

‘ओमिक्रोन’ फैलिएपछि फ्रान्समा कडा प्रतिबन्धको घोषणा

एजेन्सी, १३ पुस। फ्रान्सले कोभिड १९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कडा प्रतिबन्‍धहरु लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री जिन कास्टेक्सले महामारी ‘कहिले अन्त्य नहुने फिल्मजस्तो’ भन्दै संक्रमण थप फैलिन रोक्न नयाँ योजना सार्वजनिक गरेका हुन्। फ्रान्समा शनिवार महामारी सुरु भएयता नै सबैभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको थियो। १ लाखभन्दा बढीमा संक्रमण […]

नरेन्द्र मोदीको जन्मदिनमा ‘राष्ट्रिय बेरोजगार दिवस’ मनाउने घोषणा

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्य तरिकाले मनाउँदै छ तर विपक्षी कांग्रेसले भने यसलाई ‘राष्ट्रिय बेरोजगार दिवस’ को रुपमा मनाउने घोषणा गरेको छ ।यसका लागि बिजेपीले २० दिनको एक राष्ट्रव्यापी अभियानको योजना बनाएको छ जसलाई ‘सेवा र समर्पण अभियान’ को नाम दिइएको छ । यो अभियान ७ अक्टोबर समाप्त हुनेछ ।मोदीको ७१ औं जन्मदिन १७ सेप्टेम्बरमा (आज) परेको छ ।  यस्तै, यसको बीस दिनपछि अर्थात् ७ अक्टोबरमा आजभन्दा २० वर्षअघि

अर्थ मन्त्रालयमा समानान्तर योजना आयोग !

२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोग विकास योजना तथा तर्जुमामा सल्लाह दिने सरकारको उपल्लो निकाय हो । प्रधानमन्त्री अध्यक्ष रहने भए पनि उसले अर्थ मन्त्रालयलाई पनि उत्तिकै सहयोग गर्छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भने अर्थ मन्त्रालयमा योजना आयोगकै भूमिका अर्को निकाय ‘थिंक ट्यांक’ बनाउने घोषणा गरेका छन् । संसदमा बजेट प्रतिस्थापन विधेयक पेश […]

स्वतन्त्रता दिवसमा लालकिल्लाबाट मोदीले गरे महत्त्वपूर्ण घोषणा

काठमाडौँ । भारतको ७५ औँ स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले महत्त्वपूर्ण घोषणा गरेका छन् । मोदीले भारत अंग्रजहरुबाट स्वतन्त्र भएको ७५औ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै नयाँ घोषणा पनि गरेका हुन् । उनले ९० मिनेट लामो सम्बोधनका क्रममा एक सय लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कुलको स्थापना […]