पहिरोले भीमफेदी-कुलेखानी सडक खण्ड अवरुद्व

हेटौंडा : मंगलबार बिहानदेखि परेको वर्षाका कारण खसेको पहिरोले भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्व बनेको छ। एक दिन अघिमात्रै पहिरो पन्छाएर सञ्चालनमा आएको हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्गमा फेरि पहिरो खस्दा अवरुद्व बनेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार भीमफेदी गाउँपालिका–६ स्थित साउनेखोल्चीमा पहिरो खसेको छ। बिहान १० बजेतिर खसेको पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए। 

सम्बन्धित सामग्री

भीमफेदी–कुलेखानी सडक फराकिलो बनाउँदा पनि किन भयो बस दुर्घटना ?

मकवानपुर - वाग्मती प्रदेश सरकारको लगानीमा मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्मको निकै साँघुरो सडकलाई फराकिलो बनाएर पिच गरिएको छ । पहिलेको भन्दा धेरै ठाउँमा दोब्बर फराकिलो समेत पारिएको छ । तर, हिजाे काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे बस यही सडक खण्डमा दुर्घटनामा पर्याे । ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको ज्यान गयाे । २६ जना घाइते  भए ।  दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मि...

भीमफेदी-कुलेखानी सडक पहिरोले पुनः अवरुद्ध

हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ।शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध भएको हो।शुक्रबार राती परेको पानीले भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको उनको भनाइ छ।

भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द

बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्ग डेढ महिनाका लागि बन्द भएको छ

भीमफेदी-कुलेखानी सडक आजदेखि डेढ महिनाका लागि बन्द

हेटौँडा - हेटौँडा-काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो । भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पिच गर्ने काम गर्न लागिएको छ । सडकका धेरै ठाउँमा यसअघिनै स्लाब ढलान गरिसकिएकाे छ । वाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्याराे ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिएकाे छ ...

भीमफेदी–कुलेखानी सडक जेठ २५ गतेसम्मका लागि बन्द

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको

२ महिनापछि खुल्यो भीमफेदी–कुलेखानी सडक

११ चैत, हेटौंडा । गत माघदेखि बन्द रहेको मकवानपुरको भीमफेदी–कुलेखानी सडक सञ्चालनमा आएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने यो सडक स्तरोन्नतिको काम नसकिँदै सञ्चालनमा ल्याइएको हो । यातायात सञ्चालन नरोक्दा स्तरोन्नतिको काममा असहज …

भीमफेदी–कुलेखानी सडक भोलिबाट संचालन हुने

मकवानपुर । काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखनी–काठमाडौं सडक खण्ड बुधबारबाट संचालनमा आउने भएको छ ।बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले दुई महिनादेखि हेटौँडा कुलेखानी हुँदै काठमाडौं तर्फको यातायात सेवा बन्द गराइ सडक मर्मतको काम गरिरहेको थियो । लक्ष्य अनुसारको मर्मतको काम सम्पन्न...

चैतभित्र भीमफेदी–कुलेखानी सडक स्तरोन्नति हुन्छः मन्त्री फुयाँल

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी चैत महिनाभित्र भीमफेदी–कुलेखानी काठमाडौं सडक स्तरोन्नतीको काम सम्पन्न हुने बताएका छन् । निर्माणाधीन सडकको निरीक्षण गर्दै मन्त्री फुयाँलले भीमफेदीदेखि कुलेखानीको हेबीसम्म सडक फराकिलो बनाउने, नाला तथा पर्खाल निर्माणको काम एवं ३७ मोडमा स्ल्याप ढलानको काम सम्पन्न भएको र अब अलकत्राको पिच बनाउने काम शुरु हुने जानकारी दिए । उनले मदन भण्डारी मार्गअन्तर्गतको उक्त खण्डको स्तरोन्नति प्रदेश राजधानी र सङ्घीय राजधानी बीचको या

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।