वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा बिहिबार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन्।यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह समेत छन्। सन् २०१८ को २९ जुलाईमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलाई ‘लागूऔषध’ कारोबारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो। उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि