काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसननको आन्दोलन औपचारिकतामा मात्रै सीमित भएको छ। गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारको आन्दोलन आजदेखि औपचारिकतामा सीमित हुँदैछ। बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागलाई कटौती गर्दै अब सर्वोच्च परिसरमा एक घण्टा धर्ना दिएर काममा फर्किन कानुन व्यवसायीलाई आग्रह गरेको छ।बारले आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने