प्रदेशसभा : कांग्रेस ४, एमाले ३ मा पहिलो

प्रदेशसभातर्फ कांग्रेस ४ र एमाले ३ वटा प्रदेशमा ठूलो दल बनेका छन् । कांग्रेस वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो दल बनेको छ । एमाले प्रदेश १, मधेस र लुम्बिनीमा ठूलो दल बनेको छ ।

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।निर्वाचनमा सबै ३७ जना सांसद नै सहभागी थिए ।  लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए ।  यद्यपि गठबन्धनको समीकरण बदलिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने सम्भावना भने कम छ ।

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो । अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली पार्टीको प्रदेशसभा दलको नेतामा निर्विरोध निर्वाचित भएको […]

बाजुराकाे प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी

काठमाडाैँ- बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी भएकाे छ। कांग्रेसका पदमबहादुर शाही नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। शाहीले २० हजार ११९ मत प्राप्त गरे भने थापाले १७ हजार ५२१ मत पाए। पराजित लालबहादुर थापा यसभन्दा अगि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा ‘क’ मा पनि […]

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्काशित

डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लले भने नेपाली का‌ंग्रेस छोडेर नेपाली कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए। डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो।  ‘नेपाली कांग्रेस डडेल्धुर

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग

कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा खनाल र ‘ख’ मा शाही समूह विजयी

अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनमा प्रदेशसभा ‘क’ मा ताराप्रसाद खनालको समूह र प्रदेश सभा ‘ख’मा रवीन्द्रबहादुर शाही नेतृत्वको समूह विजयी भएको छ।प्रदेशसभा ‘क’का सभापतिमा ताराप्रसाद खनालले २४४ मत र कर्णबहादुर बुढाले १२४ मत प्राप्त गरेका छन्। यस्तै‚ प्रदेशसभा ‘ख’मा सभापतिमा रवीन्द्रबहादुर शाहीले २६२ मत र पूर्णबहादुर रावलले १२४ मत प्राप्त गरेका छन्।दुवै प्रदेशसभा अधिवे

एमाले, कांग्रेस र माओवादीद्वारा प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

धनुषा : नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।प्रदेशसभा बैठकमा आज ’विनियोजन