एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

 सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’  थप  दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो ।यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले रोग पहिचानका लागि सरकारले नर्स खटाउन लागेको हो ।सरकारले विद्यालयमा बालबालि

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौं, २७ पुष । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ । सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा […]

सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

सल्यान : सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ। विद्यालयमा विद्यार्थी विरामी भए वा चोटपटक लागेमा वा जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान सहजताका लागि नेपाल सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको छ।विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामग्री तथा औषधि सहित सेवा दिन थालेपछि सबैभन्दा बढी छात्रा लाभान्वित भएका छन्। विद्यालयमा नै रजस्वला हुँदा कक्षा छोड्नुपर्ने तथा एक दुई दिन विद्यालय छोड्नुपर्ने बाध्यताबाट अहिले

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

सरकारले महत्वका साथमा शुरुआत गरेको 'एक विद्यालय-एक नर्स' कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएकोे पाइएको छ।...

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो।

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रदान गर्नेलगायतका उद्देश्यले बागमती प्रदेश सरकारले सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको छ । काभ्रेमा आर्थिक वर्ष २०७६/७७ देखि काभ्रेका नौ विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु भएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमा नै उपचार भएको छ भने विद्यार्थीहरुले आफ्ना समस्या समेत प्रष्टसँग राख्न सक्ने भएका छन् ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ।

ओखलढुंगामा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

ओखलढुंगा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।  जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।  प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै ज

प्रदेशभरका लागि विद्यालय नर्सको नतिजा प्रकाशित, क–कसको निस्क्यो नाम ?

बागमती प्रदेश सरकारको ‘विद्यालय एक, नर्स एक’ कार्यक्रम अन्तर्गत विज्ञापन आह्वान गरिएका विद्यालय नर्सको नतिजा प्रकाशन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ अनुसार नर्स छनौट गरिएको जनाएको छ । नर्स छनौटका लागि गत मंसिर २६ गते प्रयोगात्मक परीक्षा, पुस १६–२० गतेसम्म अन्तर्वार्ता सञ्चालन भएको थियो ।  विस्तृत नामावलीका लागि मन्त्रालयको फेसबूक लिंकमा जानुहोला – विद्यालय नर्स छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।...