हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबारको बागमती प्रदेशसभा बैठक अवरुद्ध भयो।मुख्यमन्त्री राजेन्द्र पाण्डेले मनलाग्दी विभाजन गरी मन्त्रालय थप्ने र आफ्नो पार्टी (नेकपा एकीकृत समाजवादी) को कमिटी गठन नभएका ठाउँमा बजेट नै नदिने सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै एमालेले बैठक चल्न दिएन। उसले मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग एमालेको छ। तर बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित रहे । उनी बैठक अवरोध हुने पहिले नै चाल पाएपछि पार्टीको संसदीय दलको कार्याल